शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बेबी बम्प देखाउँदै स्वेता

मङ्गलबार, ०८ कात्तिक २०७९, १४ : ४८
मङ्गलबार, ०८ कात्तिक २०७९

अभिनेत्री स्वेता खड्का छिट्टै आमा बन्दैछिन् । प्रेमी विजयेन्द्र सिंह राठौतसँग विवाह गरेकी स्वेता आमा बन्ने खबर केही अगाडि सार्वजनिक भएको थियो ।
 
उनी आमा बन्न लागेको खबरले उनको फ्यानमा खुसी छाएको छ । पहिलो सन्तान जन्मदिने तयारीमा रहेकी स्वेता पछिल्लो समय सामाजिक संजाल बेबी बम्पसहित तस्बिर सार्वजनिक गरिहेकी छन् । हाल पनि उनले केही तस्बिर सार्वजनिक गरेकी छन् । जसमा उनी निकै खुसी देख्न सकिन्छ । केही तस्बिरमा उनको साथमा विजयेन्द्र पनि रहेका छन् । 

अभिनेत्री श्वेताले गत मंसिरमा विजयेन्द्रसँग विवाह गरेकी हुन् । पछिल्लो समय अभिनयभन्दा व्यवसायमा सक्रिय उनी ‘फिल्म कहाँ भेटिएला’ मार्फत अभिनयमा डेब्यु गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप