शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘के घर के डेरा’ मा दर्शक बढ्दो, माउथ पब्लिसिटीले बढायो दर्शक – निर्देशक खनाल

मङ्गलबार, ०८ कात्तिक २०७९, १४ : ३८
मङ्गलबार, ०८ कात्तिक २०७९

‘के घर के डेरा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । तिहारको अवसर पारेर रिलिजमा आएको फिल्मले दर्शक समेत राम्रो पाइरहेको छ । 

रिलिजको पहिलो दिन शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार, आइतबार र सोमबार राम्रो दर्शक पाएको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार हाउसफुलको व्यवसाय गरेको थियो’, निर्देशक खनालले भने, ‘आइतबार, सोमबार र आजको पनि व्यवसाय राम्रो छ ।’ अहिले लागेको हिन्दी फिल्मको भन्दा ‘के घर के डेरा’ व्यवसाय राम्रो भएको दीपेन्द्रका दाबी रहेको छ ।

फिल्मको व्यवसाय सिंगल थियटर र मल्टीप्लेक्स दुबैमा राम्रो भएको छ । रिलिज भएदेखि लगातार बिदा भएको कारण पनि फिल्मको व्यवसाय राम्रो भएको हो । फिल्म हेर्नेले माउथ पब्लिसिटी राम्रो गर्दिएको दस्पेन्द्रले सुनाए ।

‘टिकटक लगायत सामाजिक संजालमा समेत चर्चा छ’, निर्देशक खनालले थपे, ‘अवको दिन फिल्मको ब्यवसाय झन् राम्रो हुने अनुमान गरेका छाैं ।’ राजधानीका ठूला मल्टीप्लेक्सहरु बिग मुभिज, क्यूज सिनेमाज्, वान सिनेमाज्, एफक्यूब, विएसआर, आइएनआइ, रञ्जना सिनेप्लेक्सले समेत दर्शक बढेकोले फिल्मको शो बढाएको खनालले जानकारी दिए । केही दिन अझै तिहार र छठको विदा परेकाले फिल्मले अझै राम्रो व्यवसाय गर्ने विश्वास हाम्रो हो ।

काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथामा बनेको फिल्म दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ ।  मल्टिस्टार कलाकार भएकोले पनि फिल्मले राम्रो ब्यवसाय गर्न सपल भएको बताइन्छ । युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्म शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जनले मिलेर बनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप