वेस्ट इन्डिजका मुख्य प्रशिक्षक सिमन्सद्वारा राजीनामाको घोषणा
वेस्ट इन्डिज क्रिकेट टिमका मुख्य प्रशिक्षक फिल सिमन्सले राजीनामाको घोषणा गरेका छन् । क्रिकेट वेस्ट इन्डिजको वेबसाइटमा उपलब्ध जानकारीका अनुसार अस्ट्रेलियामा जारी टी–२० विश्वकपबाट टोली बाहिरिएपछि टोलीका मुख्य प्रशिक्षक सिमन्सले पनि राजीनामाको घोषणा गरेका हुन् ।
३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म अस्ट्रेलियाविरुद्ध हुने दुई खेलको टेस्ट शृङ्खला मुख्य प्रशिक्षकका रूपमा उनको अन्तिम जिम्मेवारी हुनेछ । सिमन्सले भने, ‘म सहमत छु कि विश्वकपबाट बाहिर हुनु यो टोलीलाई मात्र होइन, हामीले नेतृत्व गर्ने सम्मानित देशलाई पनि धक्का लागेको छ। यो धेरै निराशाजनक र हृदय विदारक छ । हामी खेलमा राम्रो थिएनौँ । अब हामी बाहिर बसेर यो प्रतियोगिता हेर्नुपर्छ । म यसका लागि मेरो सम्पूर्ण देशका जनता र फ्यानहरूसँग माफी चाहन्छु।'
सिमन्सले सन् २०१६ मा वेस्ट इन्डिजको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । वेस्ट इन्डिज क्रिकेट बोर्डका अध्यक्ष रिकी स्केरिटले विश्वकपमा टोलीको हारको कारणको समीक्षा गर्न आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान