आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजका मुख्य प्रशिक्षक सिमन्सद्वारा राजीनामाको घोषणा

मङ्गलबार, ०८ कात्तिक २०७९, १४ : २९
मङ्गलबार, ०८ कात्तिक २०७९

वेस्ट इन्डिज क्रिकेट टिमका मुख्य प्रशिक्षक फिल सिमन्सले राजीनामाको घोषणा गरेका छन् । क्रिकेट वेस्ट इन्डिजको वेबसाइटमा उपलब्ध जानकारीका अनुसार अस्ट्रेलियामा जारी टी–२० विश्वकपबाट टोली बाहिरिएपछि टोलीका मुख्य प्रशिक्षक सिमन्सले पनि राजीनामाको घोषणा गरेका हुन् ।

३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म अस्ट्रेलियाविरुद्ध हुने दुई खेलको टेस्ट शृङ्खला मुख्य प्रशिक्षकका रूपमा  उनको अन्तिम जिम्मेवारी हुनेछ । सिमन्सले भने, ‘म सहमत छु कि विश्वकपबाट बाहिर हुनु यो टोलीलाई मात्र होइन, हामीले नेतृत्व गर्ने सम्मानित देशलाई पनि धक्का लागेको छ। यो धेरै निराशाजनक र हृदय विदारक छ । हामी खेलमा राम्रो थिएनौँ । अब हामी बाहिर बसेर यो प्रतियोगिता हेर्नुपर्छ । म यसका लागि मेरो सम्पूर्ण देशका जनता र फ्यानहरूसँग माफी चाहन्छु।'

सिमन्सले सन् २०१६ मा वेस्ट इन्डिजको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । वेस्ट इन्डिज क्रिकेट बोर्डका अध्यक्ष रिकी स्केरिटले विश्वकपमा टोलीको हारको कारणको समीक्षा गर्न आह्वान गरेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप