बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य मन्त्रालयले डाक्टरलाई शान्ति मिसनमा पठाउने

मङ्गलबार, ०८ कात्तिक २०७९, १३ : ५९
मङ्गलबार, ०८ कात्तिक २०७९

  सरकारले पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै एक वर्षे मिसनमा लागि लिवियामा जान चाहने जनरल सर्जनलाई आगामी १६ कात्तिकसम्म सम्पर्क गर्न अनुरोध गरेको हो । 

  रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको थियो । सोही अनुसार जारी सूचनामा  एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरगतको स्थायी कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ । साथै कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप