आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी दोलखा इन्चार्जमा विशाल खड्का  चयन

मङ्गलबार, ०८ कात्तिक २०७९, १२ : ३५
मङ्गलबार, ०८ कात्तिक २०७९

नेकपा माओवादी केन्द्रको दोलखा जिल्ला इन्चार्जमा विशाल खड्का चयन भएका छन् । पार्टी पोलिटब्युरो सदस्य देवी खड्काले इन्चार्जबाट राजीनामा दिएपछि विशालले जिम्मेवारी सम्हालेका हुन् । 

माओवादी पार्टीले विशाललाई केही दिन अघि जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । दोस्रो संविधान सभा चुनावमा पराजित भएका खड्का २०७४ सालको चुनावमा दोलखा‘क’ निर्वाचित भएका थिए । हाल बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री छन् । 

यो चुनावमा विशाल खड्का,देवी खड्का र गंगा कार्कीले प्रतिनिधि सभा टिकटमा आकांक्षा राखेका थिए । अन्तमा कार्कीले टिकट पाएपछि देवी खड्का असन्तुष्ट रहँदै  आएकी थिइन् । विशाल खड्का सहिद रितबहादुर खड्काका भाइ हुन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप