आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

राजदूत यान्छीले भनिन्– 'मेरो कार्यकाल सकियो, नेपालमा बसेका याद सँगालेर बिदा हुँदैछु'

मङ्गलबार, ०८ कात्तिक २०७९, ११ : ३४
मङ्गलबार, ०८ कात्तिक २०७९

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन् । उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन् । 

नेपालमा रहँदा आफूप्रति देखाएको माया र सदभावको लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन् । सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेको बताएकी छन् । 

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन् । चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ ।

होउ यान्छी फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने भन्नेबारे चीन सरकारले कुनै निर्णय गरेको छैन । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन् । उनले असोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवादेखि राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गरेकी थिइन् ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप