संसद् प्रवेश गरेको सात वर्षमा नै कसरी बेलायतको प्रधानमन्त्री पदमा पुगे ऋषि ?
कन्जरभेटिभ नेता पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ४२ वर्षीय ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने पक्का भएको छ । सुनक यसअघि प्रधानमन्त्रीको दौडमा प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए ।
भारतीय मूलका ऋषि सुनक बेलायती राजनीतिमा निकै छिटो समयमा उदाएका हुन् । उनी सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद्को निर्वाचन जितेका थिए । सात वर्षपछि उनी अब प्रधानमन्त्री बन्न लागेका छन् । उनी बेलायतको इतिहासमा पहिलो अश्वेत प्रधानमन्त्री हुनेछन्।
विपक्षी लेबर पार्टीका सांसद ७५ वर्षीय वीरेन्द्र शर्माले ऋषि सुनकलाई राम्ररी चिनेका छन् । दुवै भारतीय मूलका सांसद पनि हुन् र दुवैको इतिहास पञ्जाबसँग जोडिएको छ । ऋषिको बारेमा उनी भन्छन्, ‘आज हामी यस्तो तहमा पुगेका छौं कि यहाँ बस्ने समुदाय, यहाँको राजनीतिक अवस्था, समाजको हिस्सा बनेका छौँ।’
इतिहास बन्दै
सन् २००८ मा अमेरिकामा बाराक ओबामा राष्ट्रपति निर्वाचित हुँदा जस्तै ऋषिको प्रधानमन्त्री बन्दा ऐतिहासिक क्षण हुने धेरै विज्ञहरू बताउँछन् । ऋषि सुनकभन्दा अगाडि पनि दक्षिण एसियाली मूलका नेताहरू ठुलो पदमा पुगिसकेका छन् । प्रिति पटेल यस देशको गृहमन्त्री र सादिक खान लन्डनका मेयर जस्तै उनी मन्त्री र मेयर पनि बनेका छन् ।
तर अहिलेसम्म कोही पनि प्रधानमन्त्री पदको दाबेदार बनेका थिएनन् । राजनीतिक विश्लेषकहरूका अनुसार ऋषिको उदय एशियाली समुदायहरूको सफलतासँग जोडिएको छ। ऋषिजस्ता नेताको उदयका कारण बेलायती समाजमा विविधता आएको उनको भनाइ छ ।
निलम रैना मिडलसेक्स विश्वविद्यालयमा पढाउँछिन्। उनी भन्छिन्, ‘यो ऐतिहासिक हुनेछ किनभने भारतको तुलनामा संसद्मा धार्मिक र जातीय अल्पसंख्यक समुदायहरूको प्रतिनिधित्व धेरै छ। उनी फरक जातीय पहिचान भएकाले यो ऐतिहासिक हुनेछ।’
ऋषि भारतीय मूलको तेस्रो पुस्ता हुन्। उनका हजुरबा हजुरआमा भारतको विभाजनअघि पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका बसाइ सरेका थिए। धेरै वर्ष पछि उनी इङ्ल्याण्डको साउथह्याम्पटन शहरमा बसोबास गर्न पुगे । त्यहाँ ऋषि सुनकको जन्म सन् १९८० मा भएको थियो। उनी यही सहरमा हुर्केका थिए ।
बेलायतको धनी परिवारमा गनिन्छन्
बेलायतमा ऋषि सुनक निकै धनी भएको जनविश्वास रहेको छ, जुन उनको आम मानिसबाट टाढा हुनुको प्रमुख कारण बनेको छ । भर्खरै गरिएको सर्वेक्षण अनुसार उनी बेलायतका २५० धनी परिवारमा पर्छन्। तर के उनी धनी परिवारमा जन्मिएका थिए ?
यो जानकारी साउथेम्प्टनमा मात्र फेला पार्न सकिन्छ जहाँ उनले आफ्नो जन्म पछि आफ्नो बाल्यकाल बिताए। वैदिक सोसाइटी टेम्पल साउथह्याम्प्टनको एउटा ठुलो हिन्दू सामुदायिक मन्दिर हो जसका संस्थापकहरू सुनकका परिवारका सदस्यहरू छन्। उनको बाल्यकाल यही मन्दिरमा बित्यो जहाँ उनले हिन्दू धर्मको शिक्षा पाएका थिए। ७५ वर्षीय नरेश सोनचातला सुनकलाई बाल्यकालदेखि नै चिन्छन् । उनी भन्छन्, ‘सुनक सानैदेखि मन्दिरमा आमाबुवा र हजुरबा हजुरआमासँगै आउने गर्थे ।
सञ्जय चन्दराना कर्पोरेट जगतमा एक महत्त्वपूर्ण नाम हो। उनी वैदिक समाज हिन्दू मन्दिरका अध्यक्ष पनि हुन्। गत महिना मन्दिरमा आएका बेला भर्खरै उनले सुनकलाई भेटेका थिए। मन्दिरमा उनले समुदायका सबै मानिसहरूलाई भेटे।
त्यो भेटलाई सम्झँदै सञ्जय भन्छन्, ‘उनी रोटी बनाउँदै थिए, त्यो पनि गोलो । त्यसैले मैले उनलाई घरमा खाना पकाउनुहुन्छ भनेर सोधेँ । जवाफमा उनले भने कि हो मलाई पकाउन मन पर्छ।’
अर्थमन्त्रीको रूपमा काम कस्तो रह्यो ?
आफ्नो वेबसाइटमा, उनी लेख्छन्, 'मेरा आमाबाबुले धेरै त्याग गर्नुभयो ताकि म राम्रो स्कुलमा जान सकूँ। म भाग्यमानी थिएँ कि विन्चेस्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्ने अवसर पाएँ ।'
ऋषिले सन् २००९ मा बेंगलोरमा इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए । अहिले उनीहरूका दुई सन्तान पनि छन् । उनकी श्रीमतीलाई ७३० मिलियन पाउन्ड घोषित सम्पत्तिको मालिक भनिन्छ । ऋषिले आफूलाई ‘सेल्फ मेड’ भन्छन् । उनी आफ्नो वेबसाइटमा भन्छन्- ‘म सफल व्यावसायिक करियरको आनन्द पाउने भाग्यशाली हुँ । मैले एउटा ठुलो लगानी फर्मको सह-स्थापना गरेँ जसले सिलिकन भ्यालीदेखि बैंगलोरसम्मका कम्पनीहरूसँग मिलेर काम गरिरहेको छ।’
कोरोना महामारी अघि नै ऋषि सुनक देशको अर्थमन्त्री बनेका थिए । यो उनको लागि ठुलो उपलब्धि थियो किनभने अर्थमन्त्री पदलाई बेलायतमा प्रधानमन्त्री पदपछि दोस्रो उच्च पद मानिन्छ। उनले यो पदमा निकै राम्रो काम गरे, जसका कारण धेरैले उनलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्थे ।
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेद पछिको पहिलो पोष्ट, के कारण खुसी छन् एआर रहमान ?
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ