बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘जय हो’ निर्माणको घोषणा

मङ्गलबार, ०८ कात्तिक २०७९, १० : ५१
मङ्गलबार, ०८ कात्तिक २०७९

तिहारको अवसर पारेर फिल्म ‘जय हो’ निर्माण घोषणा भएको छ । निर्देशक शोभित बस्नेतले फिल्म निर्माण घोषणा गरेका हुन् । सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत नै रहनेछन् ।
आगामी माघबाट छायांकनको तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा सलोन बस्नेत देखिनेछन् । निर्माण टिमका अनुसार फिल्ममा अन्य नाम चलेका कलाकार समेत रहनेछन् । 

सुरेश न्यौपानेको कथा रहेको फिल्मलाई राज.के अधिकारी र सुरज सरकारले निर्माण गर्न लागेका हुन् । एक्सन लभ स्टोरी कथामा निर्माण हुने फिल्मको एकगीतमा शम्भुजित बास्कोटाको सङ्गीत रहनेछ । 
काठमाडौँ, पोखरा र मुस्ताङमा छायाङ्कन बताइएको फिल्म अष्ट्रेलियामा पनि छायांकन हुने शोभितले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप