जेरार्डको स्थानमा एम्री भिल्लाको नयाँ म्यानेजर नियुक्त
प्रिमियर लिग क्लब एस्टन भिल्लाले उनाई एम्रीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । स्टेभन जेरार्ड बर्खास्तीमा परेसँगै क्लबले आर्सनलका पूर्व म्यानेजरलाई नियुक्त गरेको हो ।
स्पेनिस क्लब भिल्लेरियालको नेतृत्वसमेत सम्हालेका एम्रीले नोभेम्बर १ देखि क्बलको नेतृत्व सम्हाल्ने छन् । फुलहमसँग ३–० को हार बेहोरेसँगै क्लबले गत हप्ता जेरार्डलाई बर्खास्त गरेको थियो । उनको स्थानमा हाल एरन डांक्सले अन्तरिम रुपमा क्लबको नेतृत्वमा सम्हालिरहेका छन् ।
९ सयभन्दा बढी खेलमा म्यानेजरका रुपमा काम गरेका एम्रीले आर्सनललाई युरोपा लिगको फाइनलसम्म पुर्याएका थिए । सेभिया र पेरिस सेन्ट जर्मेनमा रहँदा उनले धेरै सफलता हात पारेका थिए । सेभियासँग उनले सन् २०१३ देखि २०१६ सम्म लगातार ३ वटा युरोपा लिगको उपाधि जितेका थिए भने पीएसजीसँग लिग वानको उपाधिसँगै दुई फ्रेन्च कप, दुई फ्रेन्च लिग कप र दुई ट्रफीस डेस च्याम्पियन्सको उपाधि जितेका थिए ।
सन् २०२० मा भिल्लेरियालसँग आबद्ध भएका उनले क्लबलाई सन् २०२०–२१ को युरोप लिगको उपाधि दिलाएका थिए । स्पेनिस क्लब गत वर्षको च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने
-
उपनिर्वाचनमा अनुमतिविना सवारी साधन सञ्चालन गरेमा २५ हजार रुपैयाँ जरिवाना
-
महाराष्ट्रमा ईभीएम ह्याक भएर हामीले हारेका हौँ : कंग्रेस नेता
-
आजपाले बोलायो स्थायी कमिटी बैठक
-
धनुषाका निजी विद्यालय एक सातादेखि बन्द
-
सायरा बानोले भनिन्- एआर रहमान संसारकै राम्रो पुरुष