शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ऋषि सुनक बेलायतका प्रधानमन्त्री हुने भएपछि ससुरा नारायण मूर्तिले के भने ?

मङ्गलबार, ०८ कात्तिक २०७९, १० : २२
मङ्गलबार, ०८ कात्तिक २०७९

भारतीय मूलका ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्री हुने भएका छन् । उनी कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएका छन् । योसँगै उनी एसियाली मूलका बेलायतको पहिलो प्रधानमन्त्री बन्ने छन् । सर ग्राहम ब्राडीले सोमबार यसको औपचारिक घोषणा गरे।

यो घोषणा पछि, समाचार एजेन्सी एएनआईले उनका ससुरा र इन्फोसिसका संस्थापक एनआर नारायण मूर्तिसँग कुरा गरेको छ ।​ एएनआईसँग कुरा गर्दै नारायण मूर्तिले भने, ‘बधाई छ ऋषि । हामीलाई उनीमाथि गर्व छ र हामी उनको यो सफलतामाथि बधाई दिन्छौँ । हामीलाई पूरा विश्वास छ कि उनी बेलायती जनताका लागि सबैभन्दा उत्कृष्ट हुनेछन् ।’

ऋषिकी पत्नी अक्षता बेलायतकी धनी महिला मध्येकी एक हुन्

ऋषिले सन् २००९ मा बेंगलोरमा इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए । यी दुईका दुई सन्तान छन् ।

उनकी श्रीमती अक्षता मूर्ति बेलायतकी धनी महिलाको सूचीमा समावेश छन् । उनकी श्रीमती ७३० मिलियन पाउन्डभन्दा बढीकी मालिक भएको बताइन्छ । को धेरै घोषित सम्पत्तिको मालिक भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप