बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गाईपूजाको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान : ग्रहणमा गाईपूजा गर्ने कि नगर्ने ? (भिडियो)

मङ्गलबार, ०८ कात्तिक २०७९, १० : २२
मङ्गलबार, ०८ कात्तिक २०७९

आज (कार्तिक ८ गते) यमपञ्चक अन्तर्गतको गाईपूजाको दिन । आज खण्डग्रास सूर्य ग्रहण पनि लाग्दैछ । ग्रहणमा गाईपूजा गर्न हुन्छ कि हुँदैन भन्ने अन्योल पनि सर्वसाधारणमा छ । गाईपूजा गरेर मात्रै लक्ष्मीपूजा गर्नुपर्ने भन्ने पनि धेरैको भनाइ सुनिन्छ । वस्तुतः यी पर्वमा आधारित अनुष्ठान तिथिमितिका आधारमा गर्नुपर्ने हुन्छ । 

वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराईका अनुसार, गाईपूजाका लागि प्रतिप्रदाले युद्ध भएको औंसी उपयुक्त हुने शास्त्रीय मान्यता छ । ‘आज औंसी र प्रतिपदा मिश्रित दिन भएकाले गाईपूजा गरिएको हो,’ उनी भन्छन्, ‘आज बेलुका ४ बजेर ५२ मिनेटदेखि ३२ मिनेटसम्म ग्रहण लाग्दैछ । त्योभन्दा अघिको सूतकमा ग्रहणभन्दा अघि नै गाईपूजा लगायत अन्य कर्मकाण्ड गर्न सकिन्छ । यतिबेला भोजन गर्न भने निषेध छ ।’

प्रस्तुत छ, गाईतिहारको धार्मिक, शास्त्रीय महत्त्व, विधिविधान र ग्रहणका सम्बन्धमा प्रा.डा. भट्टराईबाट प्रस्तुत भिडियो सामग्रीः  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप