पशुपति मन्दिर परिसरमा यसरी गरियो गाईको पूजा (तस्बिरहरु)
मङ्गलबार, ०८ कात्तिक २०७९, ०९ : ३१
कार्तिक शुक्ल प्रतिपदा एवं यम पञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिर परिसरको संस्कृत वेद विद्याश्रम, राम मन्दिरमा यसरी गरियो गाईको पूजा :