अवैध काठसहित ट्रक बरामद
मङ्गलबार, ०८ कात्तिक २०७९, ०७ : ०८

रौतहट स्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठ सहितको एउटा ट्रक बरामद गरेको छ। डिभिजन बन कार्यालय रौतहटबाट सहायक वन अधिकृत बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको हो ।
चन्द्रपुर नगरपालिका जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा गएराती टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो । बरामद ट्रकमा १ सय ५० क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले बताएका छन ।
सशस्त्र बन गस्ती टोलीलाई हेरेर ट्रक चालक ट्रक छोडेर फरार भएको प्रमुख कर्णले जानकारी दिए । बरामद काठ सहितको ट्रक आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यलय रौतहटमा बुझाइएको भन्सार रेन्जपोष्टका प्रमुख राजेश साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता