अमेरिकाका नेपालीहरुले यसरी मनाए कुकुर तिहार

अमेरिकामा विभिन्न राज्य र शहरमा रहेका नेपाली समुदायले कुकुर तिहार पर्व मनाएका छन । यस बर्ष लक्ष्मी पूजा र कुकुर तिहार एकै दिन परेकोले सोमबारका दिन अमेरिकामा अधिकांश नेपालीहरुको घर–घरमा सुरक्षाको लागि पालिएका कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाएका छन् ।
अमेरिकामा १ घण्टा देखि ३ घण्टाको समय फरक हुने हुनाले सोही अनुसार कुकुर पूजा गरेका छन ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घर पालुवा जनावरका रुपमा लिइन्छ । अमेरिकामा अक्टोबर २४ का सोमबारका दिन लक्ष्मी पूजा र कुकर तिहार मनाइएको छ ।
अमेरिकामा नेपाल जस्तो खानेकुरा दिइँदैन । यहाँ स्वास्थ्यवर्धक र कुकरकै लागि बनाइएका अनेक प्रकारका खानेकुराहरु दिइएको छ । साथै नेपाली सेलरोटी र नेपाली परिकारका समेत भोजन कुकुरलाई खुवाइएको छ ।
कुकुर तिहारलाई नरके चतुर्दशी पनि भनिन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ।
कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ।
प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना समेत कुकुरले दिन्छ भने कुकुरलाई भैरवको बहन पनि भनिन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग