सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा जिप दुर्घटना, ७ जना घाइते

सोमबार, ०७ कात्तिक २०७९, २२ : ०१
सोमबार, ०७ कात्तिक २०७९

डडेल्धुरामा जिप दुर्घटना भएको हुँदा सात जना घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका(५ मेलमा से १ ज ८१२ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सात जना घाइते भएका र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको  छ। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको जनाइएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप