झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु
सोमबार, ०७ कात्तिक २०७९, २१ : ३०
दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।
दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए । गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई कति ?
-
सुदूरपश्चिममा व्यावसायिक माछा पालन, आयात प्रतिस्थापन गर्दै निर्यातको उद्देश्य
-
सरकार बनेको चार महिनामै बेलायतमा उठिरहेको छ चुनावको माग
-
एमाले जग्गा विवाद : सोमबार पनि तोकियो पेसी तर सुनुवाइ हुने सम्भावना न्यून
-
त्रिवि सेवा आयोगद्वारा २०७३ सालमा लिएका विभिन्न पदको लिखित परीक्षाको नतिजा रद्द
-
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरू