महाधिवेशनका सिद्धान्त कार्यान्वयन गर्न जनमुक्ति सेनालाई निर्देशन
सोमबार, ०७ कात्तिक २०७९, २० : ४८
![महाधिवेशनका सिद्धान्त कार्यान्वयन गर्न जनमुक्ति सेनालाई निर्देशन](https://rpcdn.ratopati.com/media/albums/Xi_jinping_czypfgcXQL.jpg)
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी जिनपिङले सीपीसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त चीनको राष्ट्रिय सेनामा पनि लागू गरिने बताएका छन् ।
सीपीसीको महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचार र कार्यान्वयन गर्न उनले जनमुक्ति सेनालाई सोमबार निर्देशन दिएका हुन् । जनमुक्ति सेनाको शतवार्षिकीका लागि निर्धारित लक्ष्य हासिल गर्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनमा उनले जोड दिएका हुन् ।
चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले प्रमुख सैन्य अधिकारीहरूको बैठकमा भाग लिँदै उक्त निर्देशन दिएका हुन् । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले काट्यो एकैदिन सवा ७ अर्बकाे चेक
-
निर्वाचनमा हार निश्चित भएपछि ऋषि सुनकले भने ?
-
भारतमा एक्सको विकल्पमा ल्याइएको एप बन्द
-
अस्मिता, शान्तिश्री र विन्दुले गाए ‘माइली’ को गीत
-
नेपालमा प्रसव सेवाहरूको चुनौती : सुरक्षित प्रसूतिका लागि थप प्रयास आवश्यक
-
एकीकृत समाजवादीको २९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी घोषणाको तयारी