परिवर्तन विरोधीलाई निर्वाचनबाटै पराजित गर्नुपर्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजानुपर्ने बताएकी छन् । मगर समाज सेवा केन्द्र ललितपुरले सोमबार आयोजना गरेको ‘देउसी भैलो’ कार्यक्रममा उनले संविधानको रक्षा गर्दै यसको पूर्ण कार्यान्वयनमा जानुपर्ने बताइन् ।
“संविधानले उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई अधिकार दिएको छ । संविधानको रक्षा गर्दै आर्थिक सामाजिक विकासमा लाग्नुपर्छ”, प्रतिनिधिसभा ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेकी मन्त्री भुसालले भनिन् ।
संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको वर्तमान सत्ता गठबन्धनलाई निर्वाचनमा विजयी गराएर परिवर्तनलाई संस्थागत गराउनुपर्ने उनको भनाइ थियो । “संविधान, गणतन्त्र, समानुपातिक समावेशीताको विरोध गर्ने तथा राजतन्त्रको पक्षधर अहिले एक ठाउँमा छन्, उनीहरुबाट जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि खतरामा छ”, उनले भनिन्, “परिवर्तन विरोधीलाई निर्वाचनको मोर्चाबाटै पराजित गर्न अग्रगामी पक्षधरको गठबन्धन बनेको हो ।”
मन्त्री भुसालले मुलुकमा दिगो शान्ति, परिवर्तनलाई संस्थागत र आर्थिक सामाजिक विकास गर्न तथा सुदृढ राजनीतिक स्थिरताका लागि आसन्न निर्वाचनमा विवेक प्रयोग गर्न आममतदातामा आग्रह गरिन् । “पटकपटक संसद् विघटन गरी जनमतको अपमान गर्ने अवस्थाको अन्त्य गर्न सबै सचेत हुनुपर्छ”, उनले भनिन् ।
सो अवसरमा नेपाली कांग्रेसका जिल्ला सभापति एवं ललितपुर क्षेत्र नं ३ (२) का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा विकासप्रेमी नेतालाई मत दिएर विजयी गराउन आग्रह गरे । उनले संविधानको रक्षा र जनताको पक्षमा निरन्तर लाग्ने दलका उम्मेदवार नै निर्वाचन जित्न योग्य रहेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
-
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
-
एमालेले बाेलायाे संसदीय दलको बैठक
-
सार्वजनिक खरिद नियमावली चौधौँ संशोधन : ठुला आयोजना ईपीसी मोडलमा
-
राजावादीलाई प्रधानमन्त्रीको कटाक्ष : कुन तानाशाह ल्याउन खोजेको ?
-
युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु