पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
सोमबार, ०७ कात्तिक २०७९, १९ : २४

पाँचथरको तुम्वेबा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मौवा बजारदेखि आङनामा रहेको घरतर्फ फर्किनेक्रममा मे ७ प ५४९९ नम्बरको मोटरसाइकलमा सवार तुम्वेवा १ आङनाका ३० वर्षीय भक्त सम्बाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मोटरसाइकल तुम्बेवा ३ बिजुली भञ्ज्याङ भन्ने स्थानमा पुग्दा अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको छ ।
मोटरसाइकलमा सवार तुम्बेवा १ कै सात वर्षीया एरिया माङलाक सामान्य घाइते भएका झन् । सम्बाहाम्फेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछाम आगलागी पीडितलाई प्रदेश सरकारको ५० लाख सहयोग
-
बाराबाट २ किलो भन्दा बढी अफिमसहित एकजना पक्राउ
-
‘पिताम्बर’ र ‘कर्माले कति पायो शोज ?
-
चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ