बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सोमालियामा आक्रमणबाट तेह्र जनाको मृत्यु

सोमबार, ०७ कात्तिक २०७९, १९ : ०५
सोमबार, ०७ कात्तिक २०७९

सोमालियाको जुबाल्याण्ड राज्यको व्यापारिक राजधानी किसमायोको दक्षिणी बन्दरगाह शहरको एउटा होटलमा आइतबार भएको आक्रमणमा चार आक्रमणकारीसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य ४७ जना घाइते भएका छन् ।

आइतबार साँझ जुबाल्याण्डका रक्षामन्त्री युसुफ हुसेन उस्मानले देशको नामचलेको तवाकल होटलको मूलढोकामा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्किदा उक्त हताहति भएको बताएका छन् । आत्मघातीलाई नियन्त्रणमा लिन आठ घण्टासम्म सुरक्षा कारबाही गर्नुपरेको थियो । अन्ततः  सुरक्षा बल आत्मघातीहरूको  घेराबन्दी अन्त्य गर्न सफल भएको थियो । 

एकजना आत्मघाती हमलाकारीसहित चारै जना आक्रमणकारी मारिएका सेनातर्फ कोही घाइते नभएका र कुनै मानवीय क्षति पनि नभएको उनले बताए । होटेलमा फसेका धेरैलाई सुरक्षा बलले  उद्धार गरेको थियो । उग्रवादी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

जुबाल्यान्डका अध्यक्ष अहमद मोहम्मद इस्लामले आक्रमणमा मारिएकाको चिरशान्तिको कामना गर्न तथा  घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका निम्ति प्रार्थना गर्न आह्वान गरेका छन् । उनले देशबाट आतङ्ककारीहरूलाई उन्मूलन गर्न सबै सोमाली जनता तयार हुनुपर्नेमा जोड दिएका छन् । अफ्रिकी सङ्घको सहयोगमा सोमाली राष्ट्रिय सेनाले सन् २०११ मा अल–शबाबलाई मोगादिसुबाट लखेटेको भएपनि उक्त समूहले अझै पनि सरकारी प्रतिष्ठान, होटल, रेष्टुरेन्ट र सार्वजनिक स्थानहरूमा आक्रमण गर्न छाडेको छैन ।  (रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप