बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

सोमबार, ०७ कात्तिक २०७९, १७ : ३३
सोमबार, ०७ कात्तिक २०७९

नेपालमा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएकोमा हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन् । आज देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६९२ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप