पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुनुहुँदैन : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनबाट प्रभावित हुन नहुने बताएका छन् । दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना व्यक्त गरेका छन् ।
‘आपसी सद्भाव र सांस्कृतिक महत्व झल्काउने यस्ता चाडपर्वले पारिवारिक पुनः मिलन, सामाजिक एकता र सौहार्दता अभिवृद्धि गर्ने हुँदा चाड पर्वहरूलाई खर्चिलो र भड्किलो बन्न दिनुहुने छैन भन्ने विश्वास लिएको छु,’ उनले भनेका छन्,‘चाडपर्वको मौका पारी निर्वाचनका लागि जारी गरिएको आचार संहिताविपरीत मतदातालाई अवाञ्छित रूपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधिहरु नगर्न सम्बन्धित दल, उम्मेदवार र सबै मतदाताहरूमा अपिल गर्दछु ।’
उनले ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनले राष्ट्रको जीवनमा सुशासन, विकास र समृद्धिको स्पष्ट मार्गचित्र कोर्ने विश्वास पनि व्यक्त गरेका छन् । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटीकर्मी आचार्यलाई बार एसोसिएसनको सम्मान
-
राप्रपालाई सरकारको चेतावनी : अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ
-
‘आइमाई पनि न्यायाधीश ! कस्तो रहेछ आइमाई न्यायाधीशको अनुहार !’
-
बट्लर ३ रनले शतकबाट चुके, दिल्लीमाथि गुजरातको ७ विकेटको जित
-
प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानद्वारा २ अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान
-
‘आफ्नो माटोको सुगन्ध नबुझी संसार बुझ्नुको अर्थ रहेनछ’