नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक : पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई प्रवर्द्धन गर्न तथा व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन् । चस्मति टोल विकास समितिले काठमाडौंको चस्मतिमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवतलाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए ।
नेपाल संवतले राष्ट्रिय मान्यता पाएपनि व्यवहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै उनले सरकारले नेपाल संवतलाई प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको बताए । नेपालको गौरव तथा मौलिक सम्बत नेपाल सम्बतको तिथिमितिलाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने भन्नेबारे सरोकारवालासँग छलफल गरी अघि बढ्ने उनले बताए । नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजको रूपमा रहेको नेपाल संवतको संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई आफूले प्राथमिकता दिएको बताउँदै उनले नेपाल संवतको प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफूले अघि बढाउने प्रतिबद्धता समेत जनाए ।
प्रगतिशील सामाजिक अभियन्ता तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा आफ्नै प्रस्तावमा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए । गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवा गरेको र नेपालमा मौलिक संवत प्रचलनमा ल्याउने कार्यको मूल्यांकन गर्दै २०५६ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । सरकारले यसअघि नेपाल संवतलाई राष्ट्रिय मान्यता समेत दिइसकेको छ ।
साथै कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधी गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेकोले लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आदित्यनाथ फोटोमा एमालेको आशंका भारततिर
-
तीन प्रदेशमा राति पानी पर्ने सम्भावना
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा