नेपाल टेलिकमले ग्रुप एसएमएसको सेवा सुरु गर्दै

नेपाल टेलिकमले एकै पटक धेरै व्यक्तिहरूलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ ।
यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकै पटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ । प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. १००० मात्र लाग्नेछ । त्यसै गरी रु. २,५०० मा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र रु. ५ हजारमा १० दिन भित्रमा १०,००० एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश छैन ।
यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ । यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कनट्याक्टमा भएका नम्बरहरू एक्सल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पिताम्बर’ को सिक्वेलमा जोडिन लागेका हुन् अनमोल ?
-
माओवादी र एकीकृत समाजवादीबिच वैचारिक मतभेद बढ्दै
-
‘झिल्को’ को ट्रेलरमा बालबालिकाको डिजिटल कुलतको कथा
-
रियल म्याड्रिडमै रहने भए भिनिसियस जुनियर
-
ओलीमा एक प्रकारले हतास मनस्थिति देखिएको छ : अग्नि सापकोटा
-
नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात, १ अर्ब बाहिरियो