मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो

सोमबार, ०७ कात्तिक २०७९, ०८ : ५३
सोमबार, ०७ कात्तिक २०७९

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्क हो । 

गत वर्ष यस अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा छ । – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप