आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित

सोमबार, ०७ कात्तिक २०७९, ०८ : ३८
सोमबार, ०७ कात्तिक २०७९

नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ । आज विहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्न जनाएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले   अर्को सूचना नहुञ्जेलसम्मका लागि  सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताए । कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट आइतबार नै सार्वजनिक गरिने भनिएको  थियो ।

गठबन्धनको प्रदेशव्यापी चुनावी अभियानका क्रममा आइतबार धनगढी र सुर्खेतको कार्यक्रममा व्यस्त भएपछि सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम आजलाई सारिएको थियो । कांग्रेसले अब ११ गते मात्र सङ्कल्प पत्र सार्वजनिक कार्यक्रम गर्ने बुझिएको छ । महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसले घोषणापत्र तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप