नलगाड डिपीआर ६ वर्षसम्म तयार भएन
३१ महिनाभित्र डिपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिए पनि वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन।
सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डिपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अस्ट्रेलियाको स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन (स्मेक), एमडब्लुएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो।
पटकपटक म्याद थप्दा पनि डिपीआरको काम पूरा नभएपछि जाजरकोटका स्थानीय बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीचबीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ। अब ३ सय ५५ मिटर सुरुङमध्ये अहिलेसम्म ३ सय ५२ मिटर मात्र खनेको र बाँकी एक हप्ताभित्र पूरा हुने नलगाड जलविद्युत् आयोजनाका इन्जिनियर पदम थापाले बताए।
आयोजनको वातावरणीय प्रभाव मूल्याङ्कन वन मन्त्रालयमा पुगेर अध्ययन भइरहेको थापाले बताए । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण