आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

चुलिँदो राजनीतिक सङ्कटबीच जोनसन र सुनकबीच गोप्य वार्ता

आइतबार, ०६ कात्तिक २०७९, २२ : ३०
आइतबार, ०६ कात्तिक २०७९

बेलायती कन्जरभेटिभ पार्टीको नेतृत्वको विषयमा प्रतिद्वन्द्वी बोरिस जोन्सन र ऋषि सुनकले राति अबेरसम्म वार्ता  गरेका  छन् । पार्टीको बिग्रँदो छवि र देशको अस्थिर राजनीतिक अवस्थाकाबीच  प्रमुख नेताहरू बीच भएको वार्तालाई  विशेष चासोको रूपमा हेरिएको छ।  दुवै नेताहरू निवर्तमान प्रधानमन्त्री लिज ट्रसलाई नेतृत्वबाट विस्थापित गराउने दौडमा भने देखिएका छैनन् । ट्रसको राजीनामा घोषणापछि उनीहरूको कुनै टिप्पणी बाहिर आएको छैन।

बढ्दो आक्रोश र राजनीतिक अस्थिरताका बीच  क्याबिनेट सदस्य पेनी मोर्डन्टले भने औपचारिक रूपमा पार्टी नेतृत्वको दावी गर्दै यसका लागि आफू सक्षम रहेको समेत घोषणा गरेकी छन् । ‘मलाई लाग्छ कि म हाम्रो पार्टीलाई एकताबद्ध गर्न सक्षम छु, ‘४९ वर्षीया पेनीले बीबीसी सँग कुरा गर्दै उनले सात हप्ताअघि मात्र सम्पन्न भएको अन्तिम नेतृत्व प्रतियोगितामा सुनक र ट्रसबीच नजिकबाट नियालेको र अहिले नेतृत्वका लागि दाबी प्रस्तुत गरेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री जोनसन र पूर्व अर्थमन्त्री सुनकले टोरी सांसदहरूको मतदानको सामना गर्न आवश्यक १०० मत सुरक्षित गर्न सोमबारको समयसीमा अघि कन्जरभेटिभ सहकर्मीहरूबीच तीव्रताका साथ लबिङ गरिरहेको बताइएको छ।

बीबीसीले जनाएअनुसार, सुनकले शुक्रबार पुरानो थ्रेसहोल्ड पार गर्दै अगाडि बढेका छन् र १२९ टोरी सांसदहरूको सार्वजनिक समर्थन देखिएको छ । त्यस्तै जोनसनसँगै  १०० मत सुरक्षित रहेको बताइएको छ ।  बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन पार्टीको नेतृत्वका लागि औपचारिकरुपमा अगाडि बढ्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गरी शनिबार बेलायत आइपुगेका हुन् ।

गत जुलाई ७ मा प्रधानमन्त्री जोनसनका मन्त्रीहरूले अप्रत्यासित रूपमा राजीनामा दिएपछि  तत्कालीन प्रधानमन्त्री जोनसनले राजीनामा दिएका थिए । त्यस्तै जोनसनको क्याबिनेटमा अर्थमन्त्री रहेका ऋषि सुनकले पनि टोरी र बेलायती प्रधानमन्त्री पदका लागि १०० भन्दा बढी मनोनयन प्राप्त गरेका थिए । यद्यपि पछिल्लो नेतृत्वको प्रतिस्पर्धामा ट्रससँग पराजित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप