कांग्रेस भागेश्वर-५ ले गर्यो चुनाव बहिष्कार, देउवासँग वार्ता गर्न तयार
नेपाली कांग्रेस डडेलधुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ ले निर्वाचन बहिष्कार गर्ने जनाएका छ । आइतबार वडा सभापति जंगबहादुर थापामगरले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वडा कमिटीले निर्वाचनमा सहभागी नहुने जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, 'यस भागेश्वर गा.पा वडा नम्बर ५ को नेपाली कांग्रेस वडा कमिटीले आसन्न २०७९/८/४ गते हुन भइरहेको प्रदेश र प्रतिनिधिको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरू विश्वासिलो रूपमा पुरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ, साथै यदि माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्ला स्तरका नेपाली कांग्रेसका कुनै पनि नेताहरूसँग वार्ता नगरी स्वयं सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवासँग मात्र गर्ने कुरा जानकारी गराइन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल