बन्दुकको छर्रा लागेर महिला घाइते, एक जना पक्राउ

कास्कीमा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छन् । शनिबार बिहान साढे ८ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ खैमराङमा घाँस काट्दै गरेकी महिला बन्दुकको छर्रा लागेर घाइते भएकी थिइन् ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले साँझ एक जनालाई बन्दुकसहित पक्राउ गरेको कास्की प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए । उनका अनुसार घटनालगत्तै खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडाका २२ वर्षीय आइत सिंह तामाङ छन् । उनको साथबाट एक नाले भरुवा बन्दुक फेला पारेको डिएपी तिवारीले बताए ।
तामाङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ८ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले बताए । घाइते महिलाको पोखरास्थिति फिस्टेल अस्पतालमा उपचार भइरहेको डिएपी तिवारीले बताए । महिलाको अवस्था सामान्य रहेको तिवारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प
-
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने (विज्ञप्ति)
-
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?
-
अलपत्र अन्तरिक्षयात्री ल्याउन स्पेसएक्सले पठायो अन्तरिक्षयान
-
‘स्ववियु कुनै सत्ता होइन, एउटा वैधानिक प्रतिपक्षी मञ्च हो’
-
दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक छ : मुख्यमन्त्री कार्की