मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार

आइतबार, ०६ कात्तिक २०७९, १८ : १४
आइतबार, ०६ कात्तिक २०७९

प्रहरी निरीक्षक आधारभूत तालिमका उत्कृष्ट कैलाश लिम्बुलाई कुलानन्द स्मृति पुरस्कार प्रदान गरिएको छ । तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थी लिम्बुलाई गृहमन्त्री बालकृष्ण खाँणले आइतबार कुलानन्द स्मृति पुरस्कार  प्रदान गरेका हुन् । 

उक्त पुरस्कार कुलानन्द ठाकुर (नेपाल) का दुई छोरा डा.चिरञ्जीवी नेपाल (पूर्व गभर्नर) तथा ई.आनन्द नेपालले २०७६ सालमा स्थापना गरेका थिए । कुलानन्द ठाकुर नेपाल प्रहरी निरीक्षकको पहिलो तथा प्रहरी अधिकृतको तेश्रो ब्याचको सर्वप्रथम भएका थिए । साथै उनी भारतको ‘रअ’ बेलायतको ‘स्कटल्याण्ड यार्ड तथा अमेरिकाको “एफबीआई” बाट तालिम लिने पहिलो प्रहरी अधिकृत पनि थिए । 

नेपालमा काउन्टर इलेलिजेन्सको तालिम लिने पनि उनी प्रथम नै थिए ।  उक्त पुरस्कार निजको नाममा प्रत्येक पटक प्रहरी निरीक्षक आधारभूत तालिममा सर्वप्रथम हुने उत्कृष्ट प्रशिक्षार्थीलाई दिने भन्ने उद्देश्यले स्थापना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप