पाकिस्तानमाथि भारतको जित
आइतबार, ०६ कात्तिक २०७९, १८ : ०५

टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारतको सुपर १२ को पहिलो खेलमा पाकिस्तानमाथि जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले हराएको हो । पाकिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाए पूरा गर्यो ।
भारतका लागि विराट कोहली ८२ रनको अर्धशतकीय पारी खेले त्यस्तै हार्दिक पाड्याले ४० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
पाकिस्तानका लागि इफ्तिहारले ३४ बल २ चौका र ४ छक्का खेल्दै ५१ रन बनाएका थिए । मक्शुदले ४२ बलमा ५ चौका मद्दतले ५२ रन बनाएका थिए । भारतका लागि अर्शदिप सिंहले ४ ओभरमा ३२ ओभरमा ३ विकेट लिए । हार्दिक पाण्ड्याले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । जितसँगै भारतले एक खेलबाट २ अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न