शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधानको प्रत्येक शब्दमा जनताको रगत बगेको छ : मन्त्री पौडेल

आइतबार, ०६ कात्तिक २०७९, १७ : ०६
आइतबार, ०६ कात्तिक २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएका प्रत्येक शब्दमा जनताको बलिदान भएको बताएका छन् ।  बडिगाड गाउँपालिकामा चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र जनताको बलिदान भएको बताएका हुन् । 

केपी ओली आफ्नै दलभित्र अल्पमत परेपछि दुई दुई पटक संसद विघटन गरी संविधानले दिएको अधिकारभन्दा विपरित गएर काम गरेकाले गठबन्धन बनाएको बताए । “शान्ति प्रक्रियामा होस् या, शान्तिपक्रिया पछि ल्याएको प्रणालीलाई संरक्षण गर्न लोकतान्त्रिक पक्षधर एक ढिक्का भएका हौं,” उनले भने, “यो गठबन्धनलाई टुट्याउन षड्यन्त्रकारी लागि परिरहेको छन् ।” यसअघिको सरकारले विदेशी कुटनीतिक क्षेत्र बिगारेको भन्दै उनले गठबन्धनको सरकारले त्यसलाई सुधार गर्दै अर्थ प्रणालीलाई थप मजबुद बनाउने काममा लागि परेको जानकारी दिए । 

“प्रतिगमन र आर्थिक उन्नतीका लागि गठबन्धनलाई सँगै लैजानुपर्नेछ,” उनले भने, “सरकार बनाउन भन्दा प्रणाली बचाउन गठबन्धन भएको हो ।” निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्णय भई अघि बढेको बताउँदै उनले मध्यपहाडी लोकमार्गको विकल्पको मल्म पाण्डवखानी भीमगिठे दर्लिङ, निसी हुँदै प्यूठान जोड्ने सडक हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप