विश्व सम्पदामा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्र बनाउँछौं : मन्त्री श्रेष्ठ

सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई सांस्कृतिक केन्द्रका रुपमा विकास गर्ने सोच अगाडि सारिएको छ ।
त्यसको प्रत्यक्ष लाभ स्थानीय बासिन्दाले पाउने व्यवस्था गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाइने उनको भनाइ छ । स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले पर्यटन दशकको अवधारणा अघि बढाएको उल्लेख गर्दै उनले पर्यटन नै नेपालको आर्थिक विकासको दीगो स्रोत भएको र कोभिड– १९ पछि थलिएको पर्यटनलाई पुनरुत्थान गर्न आफूले ‘पर्यटन दशक २०२३–२०३३’ को अवधारणा अगाडि सारेको बताए । काठमाडौंको छाउनीस्थित बाहिटी सङ्गमटोल सुधार समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौं निर्वाचन क्षेत्र नं ८ मा पूर्वाधार विकासतर्फ आफूले गरेका अधिकांश प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा उक्त क्षेत्रलाई पर्यटकीय नमूनास्थल बनाउने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजना, सांस्कृतिक सम्पदाको पुनःनिर्माण, संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्क निर्माण, सडक पुल, झलुङ्गे पुल तथा आकाशे पुल निर्माण तर्फ अधिकांश चुनावी प्रतिबद्धता पूरा गरेको उनले बताए । आसन्न निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं ८ बाट वाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवारसमेत रहेका मन्त्री श्रेष्ठले वसन्तपुर– स्वयम्भू–ह्वाइट गुम्बालाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रदेशमा राति पानी पर्ने सम्भावना
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने
-
पर्यटन प्रवर्द्धनमा उत्पन्न समस्या समाधान गर्न सरकार तयार छ : गृहमन्त्री लेखक
-
क्यानको वर्गीकरण : अनिल साह 'बी' मा उक्लिँदा कुशल भुर्तेल 'ए' बाट झरे
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने