पाकिस्ताद्वारा भारतलाई १६० रनको लक्ष्य
आइतबार, ०६ कात्तिक २०७९, १५ : ४२

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा पाकिस्तानले भारतलाई जिताका लागि १६० रनको लक्ष्य दिएको छ । मेलर्वनमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो ।
पाकिस्तानका लागि इफ्तिखर अहमद र साहन मक्सोदले अर्धशतकीय पारी खेले । अहमदले ३४ बल खेल्दै २ चौका ४ छक्का प्रहार गर्दै ५१ रन बनाए । त्यस्तै ४२ बल खेलेका मक्सोदले ५ चौकाको सहयोगमा ५१ रन बनाए ।
बलिङतर्फ भारतका लागि हार्दिक पाड्याले र अर्शदीप सिंहले तीन–तीन विकेट लिए । त्यस्तै मोहम्द श्वामी र भुवनेश्वर कुमारले एक–एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुपर १२ मा सुखद सुरुवात गर्ने योजनामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा