चीनले विश्वका लागि आफ्नो ढोका थप फराकिलो बनाउनेछ : सी

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी जिनपिङले चीन बाँकी विश्वका थप खुला रहने बताएका छन् । आइतबार नव गठित केन्द्रीय समितिको पहिलो बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘हामी सुधारलाई सघन बनाउन, सबै क्षेत्रमा खुला रहन र उच्च गुणस्तरीय विकास हासिल गर्न दृढ रहनेछौँ,’ ग्रेट हल अफ द पिपुलमा भएको पत्रकार भेटघाटमा सीले भने । त्यस अवसरमा सीले समृद्ध चीनले विश्वका लागि धेरै अवसरहरू सिर्जना गर्ने बताए ।
‘जसरी विश्वबाट अलग भएर चीनले विकास गर्न सक्दैन, त्यसरी नै विश्वलाई आफ्नो विकासका लागि चीनको आवश्यकता छ,’ सीले भने । ४० वर्षभन्दा बढीको अथक सुधार र खुलापनमार्फत चीनले ‘द्रुत आर्थिक वृद्धि’ र ‘दीगो सामाजिक स्थिरता’ नामका दुई चमत्कारहरू सिर्जना गरेको पनि सीले बताए ।
चिनियाँ अर्थतन्त्रमा विशाल लचिलोपन र सम्भावना रहेको बताउँदै सीले भने ,‘यसका बलियो आधारभूत कुराहरू परिवर्तन हुनेछैन, र यो लामो समयसम्म सकारात्मक दिशामा रहनेछ ।’-सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल