दोहोरो अंकले बढेर बन्द भयो नेप्से, ५१ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अंक बढेर बन्द भएको छ । तिहार अघिको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक उत्साहजनकरूपमा बढेर बन्द भएको हो । आजको वृद्धिसँगै नेप्से परिसूचक १८ सय ५८ अंक कायम भएको छ ।
यसैगरी, आज सेन्सेटिभ समूहमा समेत सुधार देखिएको छ । २.८८ अंकले बढेर सेन्सेटिभ समूह ३६५.९३ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज ५१ करोड ६८ लाख ३ हजार रुपैयाँ बराबरको १५ लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ ।
नेप्से परिसूचक दोहोरो अंकले बढेपनि आज २ वटा समूहमा गिरावट आएको छ । होटल र टुरिजम समूहमा १९.९४ अंकको गिरावट आउँदा म्यूचुअल फण्ड समूहमा ०.०४ अंकको गिरावट आएको छ । यसबाहेक अन्य सबै समूहमा सुधार आएको छ ।
निर्जीवन बीमा समूहमा ९० अंकको सुधार आउँदा जीवन बीमा समूहमा ३९ अंकको सुधार आएको छ । यस्तै, विकास बैंक समूह ३३ अंकले सुधारिँदा जलविद्युत समूह १८ अंकले बढेको छ । अन्य समूह ११ अंक, बैंकिङ समूह ११ अंक र उत्पदनमूलक तथा प्रशोधन समूह १० अंकले बढेको छ ।
बजार बढेको दिन २ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । रुरु जलविद्युत कम्पनी र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम