प्रहरीका १४६ जना इन्स्पेक्टर ‘पास आउट’
नेपाल प्रहरीमा तालिमरत १ सय ४६ जना इन्स्पेक्टर आधारभूत तालिम सकेर दीक्षित भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले दीक्षान्त समारोह आयोजना गरेर उनीहरुलाई दीक्षित गरेको छ । आइतबार पास आउट भएका निरीक्षकहरू १ सय ८१ औं समूहका हुन् ।
महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित समारोहमा गृहमन्त्री बालकृष्ण खाणले शान्तिसुरक्षा निर्वाचनको पहिलो शर्त भएको बताए । मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षामा सफलता हासिल गर्न मन्त्री खाणले सकल दर्जालाई शुभकामना दिए । उनले भने–‘शान्तिसुरक्षा निर्वाचनको पहिलो शर्त हो, निर्वाचनको सुरक्षामा प्रहरीलाई सफलता मिलोस् मेरो शुभकामना ।’
आईजीपी धीरजप्रताप सिंहले १७ महिनाभन्दा लामो समय तालिम गरेर पास आउट भएका निरीक्षकहरूलाई मंसिर ४ मा हुने निर्वाचनमा खटिएर सुरक्षा चुस्त बनाउन निर्देशन दिए । १८१ औं समूहबाट इन्स्पेक्टर कैलाश लिम्बु प्रथम भएका छन् ।
विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई गृहमन्त्री बालकृष्ण खाणले पुरस्कार प्रदान गरेका छन् । निरीक्षक आदर्श गिरी दोस्रो र आशिष पोखरेल तृतीय भएका छन् । अभय लामा कवाज प्रथम भए । दीक्षान्त समारोह स्थलमा शारीरिक समस्याका कारण दुईपटक ढलेका अभयले समारोह अवधिभर मार्चपास कमाण्ड गरेका थिए ।
२०११ मा ललितपुरको श्रीमलबाट प्रहरीले तालिम लिन शुरु गरेको थियो । महाराजगञ्ज स्थित राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानबाट अहिलेसम्म ५९ हजार २४० जनालाई दीक्षित गरिएको एकेडेमीका कार्यकारी निर्देशक सहकुलबहादुर थापाले जानकारी दिए । -फोटो : कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
-
नवराज विक हत्या प्रकरण : उच्च अदालत सुर्खेतमा २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदै
-
सुशासन आयोग गठनप्रति विपक्षीको टिप्पणी : सत्ता लम्ब्याउने कलाविहीन नाटक
-
तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाऔँ : महाशाखा
-
बाढीले क्षतिग्रस्त खिम्ती–किर्नेटार सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान
-
पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणीपछि विवादमा अभिनेत्री सुरक्षा