कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण
कवि अमृता स्मृतिको नयाँ कविता कृति ‘नदीको तिर्खा’ लोकार्पण गरिएको छ । हिजो (शनिवार) काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रम आयोजना गरि कविता कृतिको विमोचन गरिएको हो । कार्यक्रममा नदीको तिर्खा पुस्तकमा समावेश कविताहरूको चर्चा परिचर्चा गरिएको थियो ।
पुस्तकमाथि धारणा राख्दै कवि उमेश अकिञ्चनले कवि अमृता स्मृतिको कविता सशक्त र सरल रहेको बताए । उनले कवितामा नारी विद्रोह समेत समावेश गरेको उल्लेख गरे । उनले भने, समग्रमा कविताकृति विभेदविरुद्धको पैरवी गरेको मैले पाएँ, ‘जुन साँच्चै राम्रो छ ।’
कार्यक्रमका विशिष्ट र अतिथि शैलेश साकारले अहिलेको समयको आवाज कवि स्मृति भएको बताए । उनले पुस्तकमाथि धारणा राख्दै कविले कवितामार्फत विद्रोह गरेको सुनाए । उनले भने, ‘अहिले देशको अवस्था नै यस्तै छ, कवितामा विद्रोह छ, शक्तिशाली छ ।’ विशिष्ट अतिथि कवि साकारले कवितामा परिस्कृत विम्बको प्रयोग भएको बताए । उनले भने, ‘म कविता संग्रहको शीर्षकबाटै प्रभावित भएँ ।’
कार्यक्रममा प्रमुख अतिथि रहेका वरिष्ठ कवि तुलसी दिवसले कवितामा कवि इमानदारी भएको सुनाए । कवि अमृता स्मृतिले कविता संग्रहमा सशक्त कविता लेखेको सुनाइन् । कवि तुलसी दिवसले चर्चाको लागि मात्रै कविता लेख्न नहुने उल्लेख गरे । उनले भने, ‘पारिवारिक मात्रै हैन राष्ट्रिय घटनामा पनि कविता लेख्न सक्नुपर्छ, यसमा कवि इमानदारी हुनुपर्छ, यसमा कवि अमृता स्मृति सजग हुनुहुन्छ ।’
‘भाषा शैली र प्रस्तुतिमा कविको आफ्नो पन देखिएको छ, जुन निकै राम्रो छ’ उनले भने । कवि अमृता स्मृतिले कार्यक्रममा १० वर्षपछि नयाँ पुस्तक सार्वजनिक गर्न पाउँदा खुशी लागेको सुनाइन् ।
उनले कविता कृतिप्रति आआफ्नो सल्लाह सुझाव दिन आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या