शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढी पुगे सत्ता गठबन्धनका शीर्ष नेता

आइतबार, ०६ कात्तिक २०७९, १२ : ०७
आइतबार, ०६ कात्तिक २०७९

मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशभर प्रशिक्षण एवं भेला तीव्र पारेको छ । काठमाडौं, ललितपुर, पोखरा, बुटवल, जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय गठबन्धनले आज सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा भेला आयोजना गर्दैछ । 

भालामा सहभागी हुन गठबन्धनका शीर्ष नेताहरु धनगढी पुगेका छन् । धनगढीमा हुने कार्यक्रमको माओवादी केन्द्रले तथा सुर्खेतमा हुने भेलाको समन्वय कांग्रेसले गर्नेछन् ।

दुबै क्षेत्रको भेलालाई  कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप