बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

नौ महिने छोरीको हत्या गर्ने बाबुलाई मृत्युदण्ड

शनिबार, ०५ कात्तिक २०७९, २३ : १६
शनिबार, ०५ कात्तिक २०७९

ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीर रूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।

स्टेचरमा बाँधिएका कोलले इशा मसीहलाई केही क्षण सम्झिएका थिए । त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो । दश बजेर १२ मिनेट जाँदा उनी बेहोस भइसकेका थिए । त्यसपछि पनि मृत्यु कक्षमा उनी घुरेको आवाज सुनिएको थियो । अन्ततः कारागार प्रशासनले १० बजेर २२ मिनेटमा उनलाई मृत घोषणा गर्यो । 

कोलले सन् २००२ मा आफ्नी नौ महिनाकी छोरी ब्रायना कोललाई जबरजस्ती पछाडि झुकाएर उनको मेरुदण्ड भाँच्नका साथै रक्त धमनी च्यातेर मारेका थिए । गम्भीर रूपमा मानसिक बिरामी उनले उक्त अपराध गरेको उनका वकिलहरूले स्वीकार गरेका छन् । 

मृत्युदण्डबाट बचाउन राज्यको क्षमादान समितिसमक्ष गरिएको अपिलका पक्षमा एक मत परेका थियो भने विपक्षमा तीन जनाले मतदान गरेका थिए । नवजात शिशुको हत्याबाट पीडित भएका परिवारका सदस्यले समिति समक्ष क्रुर हत्याका निम्ति कोलले मृत्युदण्ड पाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए ।

भिडियो गेम खेलिरहेका बेला छोरी रोएपछि आक्रोशित भएका उनले शिशुको ज्यान लिएका थिए । अभियोजकहरूले पनि कोल गम्भीर मानसिक बिरामी नभएका र संविधान तथा न्यायशास्त्रमा उनको मृत्युदण्ड रोक्ने कुनै व्यवस्था नभएको बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप