दार्चुलामा ट्र्याक्टर दुर्घटना, २ जनाको मृत्यु
शनिबार, ०५ कात्तिक २०७९, २२ : ३१

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।
सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०२००१त १४६७ नंको ट्रयाक्टर आज दुर्घटना भएको हो । ट्रयाक्टर सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो । ट्रयाक्टरमा चार जना सवार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
चालक र एक यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको समेत पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।