शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

हामीले ठिक समयमा विद्रोह गर्‍यौं : भुसाल

शनिबार, ०५ कात्तिक २०७९, २२ : १७
शनिबार, ०५ कात्तिक २०७९

नेकपा (एकीकृत समाजवादी) का महासचिव डा.वेदुराम भुसालले जनताको मौलिक अधिकारसहित सिङ्गो प्रणालीको रक्षाका लागि गठबन्धनका साझा उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।

पार्टीको काठमाडौँ क्षेत्र नं १ ले आयोजना गरेको दसैँ, तिहार, छठ र नेपाल संवत् लगायतका चाडको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा डा.भुसालले आगामी मङ्सिर ४ गते हुने निर्वाचन प्रतिगमन र अग्रगमन बीचको प्रतिस्पर्धा हुने उल्लेख गर्दै गठबन्धनका साझा उम्मेदवार अग्रगमनका पक्षधर भएको प्रष्ट पारे ।

नेकपा (एमाले)सँग आफूहरूले विद्रोह नगरेको भए संविधानको रक्षा नहुने बताउँदै उनले आफूहरूले त्यस समयमा विद्रोह गरेर प्राप्त उपलब्धिको रक्षा गरेको उल्लेख गरे । महासचिव डा.भुसालले स्थानीय निर्वाचनमा मतदाता शिक्षाको अभावकै कारण धेरै मत बदर भएको स्मरण गर्दै त्यसतर्फ ध्यान दिन र मतदाता शिक्षालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

आगामी चुनावले पार्टीको शक्ति र हैसियतलाई सुदृढ गर्ने र त्यसका लागि प्रत्यक्ष सहित समानुपातिकतर्फ पार्टीको कलम चुनाव चिह्नमा मतदान गर्न अभिप्रेरित गर्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न सम्पूर्ण नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप