अपूर्वको मुद्दा फिर्ता लिन विवेकशील साझा पार्टीको आग्रह

विवेकशील साझा पार्टीले ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंहको माफी स्वीकार गरी मुद्दा फिर्ता गर्न आग्रह गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले आज एक विज्ञप्ति जारी सो आग्रह गरेका हुन् । सो पार्टीले सिंहले माफी माग्दै आफ्नो विवादास्पद कमेडी युट्युवबाट हटाएर सामुदायिक भावनाको सम्मान गरे पनि उनको मुद्दा अझै विचाराधीन भइरहँदा समुदाय विभक्त हुने खतराप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कलाकार सिंहलाई २ पटक गरि १५ दिनभन्दा बढी हिरासतमा राखी सकिएको र यस विषयले समाजको २ अतिवादी शक्ति मुखर हुँदा नेपाली समाजको सहिष्णु शक्तिमा समेत क्षय हुँदै गाएकोप्रति सवै सरोकारवाला संवेदनशील हुन विवेकशील साझा पार्टी हार्दिक अपील गर्दछ।’
सरकारले पक्ष र विपक्षमा रहेका समुदायलाई उत्तेजित हुन नदिई सहज वातावरणका साथ विषयलाई टुंग्याउन र मुद्दा दायर गरेकाहरूलाई पनि विश्वासमा लिएर समस्या समाधान गर्ने वातावरण बनाउन समेत उक्त पार्टीले आग्रह गरेको छ ।
आफ्नो पार्टी संवैधानिक रुपमा लिपिबद्ध अभिव्यक्ति स्वतन्त्रताको पक्षमा प्रतिबद्ध रहेको बताउँदै विज्ञप्तिमा प्रवक्ता परियारले भनेका छन् : ‘हामी मर्यादित अभिव्यक्ति स्वतन्त्रताको अभ्यासका लागि सचेत र जिम्मेवार हुँदै आफ्नो कला प्रस्तुत गर्न पाउने प्रत्याभूतिका लागि वातावरण बनाउन कलाकार, सरकार र सरोकारवालाहरुको विशेष ध्यानाकर्षण गराउन चाहन्छौँ।’ उनले अपूर्वको विरुद्धमा उजुरी दिने उजुरी कर्तालाई मुद्दा फिर्ता लिएर सामाजिक सहिष्णुता कायम राख्न र सरकारलाई विशेष पहल कदमी लिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा