मनी लान्ड्रिङ मुद्दामा ज्याकलिनलाई अदालतबाट ठूलो राहत
शनिबार, ०५ कात्तिक २०७९, १७ : ४२

दिल्लीको पटियाला हाउस कोर्टले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई मनी लान्ड्रिङ मुद्दामा ठुलो राहत दिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार ज्याकलिनको अन्तरिम जमानत नोभेम्बर १० सम्म लम्बिएको हो ।
एनआईए विशेष न्यायाधीश शैलेन्द्र मलिकले मुद्दामा फैसला सुनाउँदै नियमित जमानत र अन्य बाँकी आवेदनहरूमा अर्को सुनुवाइ अब नोभेम्बर १० मा हुनेछ। अदालतले प्रवर्तन निर्देशनालयलाई दुई सय करोड ठगी मुद्दामा सबै पक्षलाई चार्जशीट र अन्य कागजात पेश गर्न निर्देशन दिएको छ ।
ज्याकलिन शनिबार दिउँसो २ बजे पटियाला हाउस कोर्ट पुगेकी थिइन् । यसअघि २६ सेप्टेम्बरमा पटियाला हाउस कोर्टले अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई ५० हजार रुपैयाँको धरौटीमा अन्तरिम जमानत दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
-
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
-
‘कानुनी जटिलताका कारण रेल घाटामा गइरहेको छ’
-
चलेदेखि घाटामा रेल, सय वर्षपछि कार्गोको आस
-
युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा अमेरिकाले लगायो रोक
-
‘कार्गो रेल नचलाएसम्म रेल्वे कम्पनी नाफामा जान सक्दैन’