कुखुरा बोक्ने खोरमा मासु ढुवानी : अनुगमन टोलीबाट बिक्रीमा रोक
जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाइएको छ । आज काठमाडौँ महानगरको अनुगमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो । प्र.३— ०१, ०२३ च २३८७ नंं को दोलखाली कोल्ड स्टोरको गाडीमा २ सयवटा भुत्ला फालिएका सिङ्गै कुखुरा थिए ।
चालक भुवन गुरुङकाअनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थिए । टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो । मासुजन्य खाद्य वस्तुका रुपमा प्रयोग हुने यी मासुजन्य खाद्यवस्तु खुल्ला र असुरक्षित देखिन्थ्यो । महानगरको टोलीले गुरुङलाई पक्राउ गरेको छ । गुरुङ पक्राउ परेलगत्तै उनका साहु कुवीर सुनारलाई बोलाइएको थियो ।
अनुगमन टोलीले अस्वस्थ्यकर ढुवानीका विषयमा सोधेको प्रश्नमा सुनारले आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको र हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरिएको स्पष्टीकरण दिएका थिए । सुनारले हिजो गाडी दुर्घटनामा परेकोले आज यसरी ढुवानी गर्नुपरेको बाध्यता सुनाए ।
सुनारका अनुसार कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको यो मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गर्ने तयारी थियो । अनुगमन टोलीका संयोजक डा.अवधेश झाकाअनुसार यसरी भेटिएको मासु विक्रीमा रोक लगाइएको छ । महानगरले पशु सेवा विभागलाई पत्राचार गरेर परीक्षण गराउँछ । यसबाट मासुको स्वच्छता देखिएको अवस्थाका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।
आज नै चावहिल क्षेत्रका मिठाई पसलहरुको पनि अनुगमन गरिएको छ । अन्य ठाउँमा जस्तै यी ठाउँका पसलमा पनि भान्छा फोहोर हुने, म्याद सकिएका रङ्गको प्रयोग गर्ने, फ्रिज सफा नगर्ने, व्यक्तिगत सफाइमा ध्यान नदिने जस्ता समस्या देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !