आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले चुनाव लड्न प्रस्ताव गर्नुभयो, मैले अस्वीकार गरेँ: डा. स्वर्णिम वाग्ले

शनिबार, ०५ कात्तिक २०७९, १४ : ५०
शनिबार, ०५ कात्तिक २०७९

अर्थविद् डा. स्वर्णिम वाग्लेले नेकपा एमालेले आफूलाई पार्टीबाट मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिन आग्रह गरेको खुलासा गरेका छन् । अर्थविद् वाग्लेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभामा चुनाव लड्न आग्रह गरेको बताएका हुन् । 

शनिवार काठमाडौँमा आयोजित युवासँग छलफल कार्यक्रममा उनले नेकपा एमालेसहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई चुनाव लड्न आग्रह गरेको बताए । उनले कुनै पार्टीले पार्टीबाट टिकट दिएन भन्दैमा आफू सक्रिय रहेको पार्टीलाई त्यागेर अर्को पार्टीबाट चुनाव लड्नु राजनीतिक परिपक्वता नभएको कारण आफू आगामी ५ वर्षसम्म युवामाझ सक्रिय रहने बताए । 

उनले भने, ‘स्वतन्त्र भएर चुनाव लड्नुपर्छ भनेर पनि दबाब नआएको होइन, तर मैले के डिसाइड गरेँ भन्दा, हामी बहुदलीय व्यवस्थामा छौँ, धेरै कुराहरू सीमा, बन्धन, नियममा रहनुपर्छ । अहिले म यही फ्रेमवर्क भित्र नै सक्रिय हुन्छु । तत्कालमा जनमत बनाउने, युवाहरूसँग भेटघाट गर्ने, नयाँ मतदातासँग घुलमिल हुने, आजका दिन काठमाडौँ ४ बाट सुरु गरेर देशव्यापी रूपमा छलफल म लैजान्छु । निर्वाचनसम्म माहौल बनाउने र त्यसपछि आफू सक्रिय हुने गरेर अर्को ५ वर्ष बिताउनेछु । टिकटको आकाङ्क्षी थिएँ, नपाएपछि मलाई नेकपा एमालेका अध्यक्षले नै अफर गर्नुभएको थियो । यो कुरा म आज भन्न सक्छु । काठमाडौँ ७ बाट चुनाव लड्नुस्, हामी सहयोग गर्छौँ, त्यहाँ काँग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईंलाई सहयोग गर्छ, तपाई शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो । कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्सन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न । मेरो तीन पुस्ते काँग्रेस नै हो ।’ अर्थविद् वाग्लेले आफ्नो तीन पुस्तासमेत नेपाली काँग्रेस भएकाले अन्य पार्टीमा गएर चुनाव लड्न सहज नदेखिएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप