जापान र अष्ट्रेलिया रक्षा सहयोग बढाउन सहमत
जापानी प्रधानमन्त्री फुमियो किशिदा र उनका अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानीजले एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमत भएका छन् । अष्ट्रेलियाको तीन दिने भ्रमणमा रहेका किशिदाले अल्बानीजसँगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जापान र अष्ट्रेलियाले अन्तरराष्ट्रिय नियम र मापदण्डहरू उल्लङ्घन गर्ने देशहरू विरुद्ध कारवाही गर्न सहमत भएको क्योडो समाचार एजेन्सीले उल्लेख गरेको छ।
चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै गर्दा चीनले ताइवानविरुद्ध आफ्नो सैन्य उत्तेजकतालाई तीव्र पार्ने चिन्ताका बीच उनीहरूबीच सो सम्झौता बाहिर आएको हो। पछिल्लो घोषणामा, किशिदा र अल्बानीजले पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेले वकालत गरेको ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ को महत्त्वबारे पुनः पुष्टि गर्ने खालको आशय अभिव्यक्त गरेका छन् ।
सीको पुनः निर्वाचित भएपछि बेइजिङको कूटनीतिक नीति कसरी परिवर्तन हुनसक्छ भन्ने अध्ययनको विषय भएकाले दुई नेताले सो घोषणामा उक्त विषयलाई कूटनीतिकरूपमा सम्बोधन गरेका छन् । सन् २००७ मा, आबे र तत्कालीन अष्ट्रेलियाका प्रधानमन्त्री जोन होवार्डले ‘साझा रणनीतिक चासो र सुरक्षा’ लाई मान्यता दिने कागजातमा हस्ताक्षर गरेका थिए ।
अष्ट्रेलियाको यात्राअघि किशिदाले शुक्रबार टोकियोमा पत्रकारहरू माझ जापानका लागि अष्ट्रेलिया महत्त्वपूर्ण राष्ट्र भएको र उसँग आफुहरु स्वतन्त्रता र लोकतन्त्रका साथै रणनीतिक हितहरू जस्ता विश्वव्यापी मूल्य मान्यतामा साझा विचार आदान प्रदान गर्ने तयारी गरिरहेको बताएका थिए ।
क्योडो समाचार एजेन्सीका अनुसार जापानले अष्ट्रेलियाबाट प्राकृतिक ग्यास, फलाम र अन्य अत्यावश्यक स्रोतहरू आयात गर्ने गर्छ। यसअघि सिंगापुर पोस्टले जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र सिङ्गापुरले आफ्नो सैन्य बजेट र खर्च बढाउँदै आएको उल्लेख गरेको थियो ।
सेन्काकु टापुहरू (चिनियाँ भाषामा डियाओउ टापुहरू) मा चीनले गरेको दाबीप्रति जापानका मानिसहरूले पहिले नै असन्तुष्टि व्यक्त गरिसकेका छन्। यसैबीच किशिदाको सन् २०१८ को अष्ट्रेलिया भ्रमणपछि जापानी प्रधानमन्त्रीको रुपमा यो पहिलो भ्रमण हो। उनले जनवरीमा अष्ट्रेलिया भ्रमण गर्ने योजना बनाएका थिए तर कोभिड–१९ महामारीपछि उनको भ्रमण रद्द गरिएको थियो ।
किशिदा अक्टोबर २०२१ मा प्रधानमन्त्री बनेका थिए । अल्बानीजले पदभार ग्रहण गरेलगत्तै आयोजित क्वाड शिखर सम्मेलनका लागि गत मे महिनामा जापानको भ्रमण गरेका थिए । सेप्टेम्बरको अन्त्यमा उनी आबेको राजकीय अन्त्येष्टिमा भाग लिन टोकियोको यात्रामा निस्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समिति सभापति नपाए संसद् बहिष्कार गर्ने मोदीको चेतावनी
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत