भारतमा गुगललाई १३ अर्ब भारू जरिवाना

भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो ।
भारतको नियामक निकायका अनुसार गुगलले स्मार्टफोन निर्माता कम्पनीहरूसँग एकतर्फी सम्झौता गरेर भारतीय बजारमा दबाब कायम गरेको छ । तर, अहिलेसम्म अमेरिकी कम्पनीले भारत सरकारको निर्णयप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
कम्पिटिशन कमिशन अफ इन्डिया (सीसीआई)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुगलले स्मार्टफोन, वेभ खोज, ब्राउजिङ र भिडियो होस्टिङ सेवाका दायराका लागि एन्ड्रोइड अपरेटिङ सिस्टमको इजाजतपत्र दुरूपयोग गरिरहेको छ ।’ सीसीआईका अनुसार गुगलले स्मार्टफोन निर्माताहरूलाई युट्यूब, क्रोम, गुगल म्याप र अन्य एप राख्न दबाब नै दिँदै आइरहेको छ । यो प्रवृत्तिले बजारमा गुगलको एकछत्र राज चलिरहने र प्रयोगकर्ताको व्यक्तिगत विवरणमाथि गुगलकै एकाधिकार रहिरहने समेत नियामकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट चौथो दिन पनि हेर्न नभ्याइने
-
किन स्थगित भयो कांग्रेस केन्द्रीय समिति बैठक ?
-
तीनकुने घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख रुपैयाँ दिने लगायत ‘क्याबिनेट’ ले गर्यो यी १९ निर्णय
-
एमालेको ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको सम्पूर्ण तयारी पुरा
-
राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक
-
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन